त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

सोमबार, ०५ असोज २०८३, १३ : ०३

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको  जानकारी दिए ।

आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताउनुभयो । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगोलागी भएको बस र चालकको विवरण भने खुलेको छैन । 

सोमबार, ०५ असोज २०८३, १३ : ०३

प्रतिक्रिया