काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि जुटाइएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात छ। सरकारले यसअघि कोषबाट बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
कार्यालयका अनुसार विभिन्न नौ वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको छ।
प्रतिक्रिया