जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम

सोमबार, ०५ असोज २०८३, १५ : २२

ललितपुर- जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुर जिल्लाका निजी अस्पतालमध्ये प्रथम भएको छ।

कार्यक्रममा ललितपुर जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए। सहभागी अस्पतालहरूले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्यांक प्रस्तुत गर्नुका साथै वार्षिक सेवा प्रवाहको समीक्षा गरेका थिए।

वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालहरूको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। उक्त मूल्यांकनमा किष्ट शिक्षण अस्पतालले सहभागी निजी अस्पतालमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम स्थान हासिल गरेको हो।

स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको योगदानको कदर गर्दै जनस्वास्थ्य कार्यालय, ललितपुरले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रशंसापत्र प्रदान गरेको छ।

अस्पतालका अनुसार प्राप्त सम्मान गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन तथा तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको महत्वपूर्ण मान्यता हो। उक्त उपलब्धिले स्वास्थ्य सेवा क्षेत्रमा अस्पतालको प्रतिबद्धता र कार्यसम्पादनलाई थप सुदृढ बनाएको अस्पतालले जनाएको छ।

किष्ट शिक्षण अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

ग्वार्को, ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल वि।सं। २०६२ चैत १० गते ९सन् २००६ मार्च २३० देखि सञ्चालनमा रहेको अस्पताल हो। करिब दुई दशकदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले जटिल तथा गम्भीर स्वास्थ्य अवस्थाका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि तथा आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

सोमबार, ०५ असोज २०८३, १५ : २२

प्रतिक्रिया