काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार अधिकांश तरकारी तथा फलफूलको मूल्य न्यूनतम र अधिकतम दरबीच फरक रहेको छ।
आज रातो आलु (मुडे) प्रतिकिलो ४८ देखि ५३ रुपैयाँ तथा भारतीय रातो आलु ४५ देखि ४८ रुपैयाँमा कारोबार भइरहेको छ। भारतीय सुकेको प्याजको मूल्य ८८ देखि ९३ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
स्थानीय गाजर १०० देखि १२० रुपैयाँ, तराईको गाजर ८० देखि ९० रुपैयाँ, स्थानीय बन्दा ४० देखि ५० रुपैयाँ तथा स्थानीय काउली १०० देखि १२० रुपैयाँ प्रतिकिलो रहेको छ।
रातो मूला ४० देखि ५० रुपैयाँ, हाइब्रिड सेतो मूला ५० देखि ६० रुपैयाँ, लाम्चो भण्टा ३० देखि ४० रुपैयाँ, डल्लो भण्टा ४० देखि ५० रुपैयाँ तथा तने बोडी ४० देखि ६० रुपैयाँ प्रतिकिलो रहेको छ।
घिउ सिमीको स्थानीय र हाइब्रिड दुवैको मूल्य ७० देखि ८० रुपैयाँ प्रतिकिलो छ। तितो करेला ६० देखि ७० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, परवर ७० देखि ८० रुपैयाँ तथा चिचिण्डो २० देखि ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
यस्तै, कन्य च्याउ १८० देखि २२० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ प्रतिकिलो पुगेको छ। कुरिलोको मूल्य ५०० देखि ६०० रुपैयाँ प्रतिकिलो रहेको छ।
फलफूलतर्फ फूजी स्याउ ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ १३० देखि १६० रुपैयाँ प्रतिकिलो छ। नेपाली केरा १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँ दर्जनमा बिक्री भइरहेको छ।
कागती २५० देखि ३५० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, एभोकाडो २५० देखि ३५० रुपैयाँ तथा ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँ प्रतिकिलो रहेको छ।
मसला तथा अन्य उपजमा अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँ, हरियो धनियाँ १०० देखि १५० रुपैयाँ र नेपाली सुकेको लसुन २०० देखि २३० रुपैयाँ प्रतिकिलो रहेको छ।
समितिको मूल्यसूचीअनुसार सुकेको माछा ८०० देखि १ हजार रुपैयाँ प्रतिकिलो छ भने ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकिलो रहेको छ।
नोट स् यी कालीमाटी बजारका थोक मूल्य हुन्। खुद्रा बजारमा ढुवानी, नाफा तथा अन्य खर्चका कारण मूल्य फरक हुन सक्छ।
प्रतिक्रिया