नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुती ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’

मंगलबार, १० चैत्र २०८२, ११ : ५०

काठमाडौँ- पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकन्कर्ताहरूको प्रसंसनिय सहभागिता पछी, नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा यही चैत्र ११ गते देखि १५ गते सम्म, नेपालको पर्यटकिय राजधानी सुन्दर नगरी पोखराको लेकसाइड, ताल बराही चोक स्थीत खेल मैदानमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ । 

प्रदेशकै सबै भन्दा वृहत अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको छ, भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरी रहेको छ । प्रदर्शनी सञ्चालनलाई सहजबनाउन प्रायोजनगरी सहयोग प्रदान गर्ने, पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यास आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि., फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा.लि. जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् ।

WADA 2026_Pole Bunting_3x5_Mahotsav
यस संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने छ ।

अटो व्यवसायको सुदृढिकरण एवं प्रबद्र्घन, क्षेत्रिय बजारमा हाम्रो सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकुल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्नेमा आयोजक विश्वस्त रहेको छ । 

नेपाल सम्बृद्धि तर्फ उन्मुख हुँदै गर्दा सक्रिय अर्थतन्त्र तथा सामाजिक सामिप्यताका लागि यातायात गतिशिलता अती आवश्यक पर्दछ । यस अर्थमा सवारी साधन आज विलाशिता भन्दा पनि आवश्यक्ताको वस्तु बन्दै गइरहेको छ । यसै आवश्यक्तालाई महसुस गर्दै क्षेत्रीय लगायतं केन्द्रमा रहेका अटो व्यवसायी समकक्षीहरूलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्न पनी यस प्रदर्शनीको उदेश्य रहेको छ । आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रबद्र्घन मात्र नभई आन्तरिक पर्यटन्लाई समेत टेवा पु¥याउने छ ।

WADA 2026_Pole Bunting_3x5_Vintage Cars
साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यवसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास रहेको छ । नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६ मा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् ।

प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यकासाथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने छ । यसकासाथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तन संग आम सर्वसाधारणलाई साक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने छ जसमा युनीट्रि जिवान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन् । गण्डकी प्रदेशमा दोस्रो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा AMPERE, ATHER, AUCWELL, BYD, CHERY WANDA, CHETAK, DEEPAL, DONGFENG, FORTHING, GARROW, HYUNDAI, KAIYI, KAMA, KIA, LEAP MOTOR, MAXUS, MG, NEW GONOW, NISSAN, OMODA JAECOO, PROTON, ROYAL ENFIELD, SKYWORTH, SML-ISUZU, SUZUKI, SUZUKI, TATA, TVS, XPRESS-T, YAHAMA, ZONTES प्रख्यात ब्राण्डहरूका सवारी साधनहरु को सहभागिता रहने छ ।

WADA 2026_Pole Bunting_3x5_Robots
५ दिन सम्म चल्ने यस दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६मा लगभग ४५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका आयोजकको रहेको छ । टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यास आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको ब्याबस्था गरिएको छ ।

 
 
 
मंगलबार, १० चैत्र २०८२, ११ : ५०

प्रतिक्रिया