नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा सोमबार आयोजित एक समारोहका बीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको शक्तिशाली समूह सार्वजनिक गरेका हुन् ।
घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा समर्थन गरेका छन् । ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी टिम निर्माण गरेका हुन् ।

घिमिरे समूहका सदस्य उम्मेदवारहरूः
नेतृत्वको क्षमता र आवद्धता
शिवप्रसाद घिमिरे नेपाली निजी क्षेत्रमा एक ‘एक्सन ओरिएन्टेड’ र तार्किक नेतृत्वका रूपमा परिचित हुनुहुन्छ । उनको व्यावसायिक पृष्ठभूमि र महासंघभित्रको सक्रियतालाई यस निर्वाचनमा मुख्य बलका रूपमा हेरिएको छ ।

व्यावसायिक अनुभवः नेपाल एलपी ग्यास उद्योग संघको पूर्व अध्यक्षका रूपमा उनले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
वस्तुगत संघको आवाजः साना तथा मझौला उद्योगीका समस्यालाई नीतिगत तहमा पु¥याउन उनले लामो समयदेखि वकालत गर्दै आएका छन् । समन्वयकारी व्यक्तित्वः सरकार र निजी क्षेत्रबीचको संवादमा स्पष्ट र निडर प्रस्तुति राख्न सक्ने क्षमता उनको मुख्य विशेषता हो ।
“भाषण होइन, परिणामका लागि उम्मेदवारी” – शिवप्रसाद घिमिरे
उम्मेदवारी घोषणाका क्रममा उपाध्यक्षका उम्मेदवार घिमिरेले महासंघभित्र वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफ्ना मुख्य बुँदाहरू यसरी राखे ,
वस्तुगत संघको सशक्तीकरणः ‘वस्तुगत संघहरू महासंघका मेरुदण्ड हुन्, तर उनीहरूले पाउनुपर्ने अधिकार र प्राथमिकता पाउन सकेका छैनन्। मेरो टिमले यी संघहरूको आवाजलाई महासंघको मूलधारमा स्थापित गर्नेछ ।’
व्यवसायीको आत्मसम्मानः “वर्तमान आर्थिक संकटका बेला उद्योगी व्यवसायीहरू हतोत्साहित छन् । हामीले व्यवसायीको खस्किएको मनोबल उकास्न र व्यवसाय गर्ने वातावरण निर्माण गर्न ठोस काम गर्नेछौँ ।”
सहकार्य र एकताः ‘हाम्रो समूह भाषणमा भन्दा पनि काममा विश्वास गर्छ । अञ्जन श्रेष्ठको गतिशील नेतृत्व र हाम्रो टिमको अनुभवले महासंघलाई नयाँ उचाइमा पु¥याउनेछ ।’
यो प्यानल घोषणासँगै महासंघको चुनावी सरगर्मी थप चुलिएको छ । घिमिरेको समूहले अब छिट्टै देशव्यापी रूपमा विभिन्न वस्तुगत संघहरूसँग अन्तक्र्रिया र चुनावी प्रचार अभियान सुरु गर्ने बताएको छ ।
प्रतिक्रिया