‘ग्रीन टी’ले  जोगाउछ  तपाँईको मिर्गौला

४ बर्ष अगाडि

एजेन्सी – सधैं दूधहालेको बाक्लो गुलियो चिया पिइरहेका प्रायस् सबैलाई ‘ग्रीन टी’ मन नपर्न सक्छ । तर, यसको नियमित सेवन स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । यसमा भएको एन्टी अक्सिडेण्ट तत्वले छालालाई सुन्दर बनाउनुका साथै शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । यसबाहेक ‘ग्रीन टी’ को यति धेरै फाइदा छ, जुन हामीले सोचेभन्दा बाहिर छ ।

भारतको दिल्लीस्थित अल इण्डिया इष्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालले  गरेको एक अनुसन्धान अनुसरा ‘ग्रीन टी’मा भएको तत्वले मिर्गौलाको विषाक्ततालाई कम गर्न तथा क्यान्सर रोग विरुद्धको औषधि ‘सिस्प्लाटिन’ले गराउने क्षतिलाई कम गर्न प्रभावकारी भूमिका खेल्छ ।

चिकित्सकहरुका अनुसार यो अनुसन्धानले नयाँ औषधिको खोजको नेतृत्व गर्न सक्छ, जसले ‘सिस्प्लाटिन’, क्यान्सर रोगको उपचारमा प्रयोग हुने केमोथेरापी, को दुस्प्रभावलाई कम गर्न सक्छ ।

यस अनुसन्धानले ‘ग्रीन टी’ बाट प्राप्त इपिक्याथेचिन गैलेट (इसिजी) अर्थात पोलिफेनोलिक मिश्रणको उपयोगिताबारे मूल्यांकन गरेको छ, जसले सिस्प्लाटिनका कारण मिर्गौलामा हुन सक्ने क्षतिको रोमथाम गर्छ । सिस्प्लाटिनले मिर्गौलामा नेफ्रोटक्सिसिटी तथा जीवनलाई नै जोखिममा पार्ने गरी मिर्गौलामा क्षति पुर्‍याउने जस्ता साइड इभेक्ट उत्पन्न गराउँछ ।

झण्डै ३० प्रतिशत विरामीहरुले सिस्प्लाटिनको प्रारम्भिक डोज प्राप्त गर्ने विरामीमा नेफ्रोटक्सिटी विकास भएको पाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया