घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनको पहल

शुक्रबार, २७ चैत्र २०८२, १७ : २३


काठमाडौँ- नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ ।

नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो ।

एसोसिएसनका अनुसार मोही केवल पेय पदार्थ मात्र नभई नेपाली पहिचानको हिस्सा हो । पछिल्ला वर्षहरूमा विदेशी पेय पदार्थको बढ्दो प्रयोगका बीच स्वदेशी दुग्धजन्य उत्पादनलाई प्रवद्र्धन गर्न अभियान आवश्यक भएको जनाएको छ ।

यसअघि विद्यालय, अस्पताल तथा सार्वजनिक स्थलहरूमा निःशुल्क मोही वितरण गर्दै आएको एसोसिएसनले दरबारमार्ग क्षेत्रमा निरन्तर मोही पिलाउने कार्यक्रम समेत सञ्चालन गर्दै आएको थियो । यसबाट सर्वसाधारणमा मोहीप्रतिको सकारात्मक धारणा विकास भएको जनाइएको छ ।

आगामी राष्ट्रिय मोही दिवस को अवसर पारेर २०८२ चैत २८ गते “नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन” भन्ने नाराका साथ दोस्रो राष्ट्रिय कार्यक्रम आयोजना गरिनेछ। यस वर्ष अभियानलाई अझ व्यापक बनाउँदै घरघरमा मोहीको प्रयोग बढाउने लक्ष्य लिइएको छ ।

एसोसिएसनले नेपाल सरकारका मन्त्रालय, विभाग तथा स्थानीय तहका औपचारिक कार्यक्रमहरूमा स्वागत पेयका रूपमा मोही वा लस्सी अनिवार्य प्रयोग गर्न समेत आग्रह गरेको छ । साथै “मोही–ब्रेक” अवधारणालाई पनि अघि बढाउने योजना सार्वजनिक गरिएको छ ।

यस अभियानमार्फत स्वदेशी उत्पादनको प्रयोग बढाउने, स्वास्थ्यप्रति जनचेतना फैलाउने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने अपेक्षा गरिएको छ ।

WhatsApp Image 2026-04-10 at 5.09.26 PM

 

 

 

 

 

WhatsApp Image 2026-04-10 at 5.09.27 PM

WhatsApp Image 2026-04-10 at 5.09.27 PM (1)

शुक्रबार, २७ चैत्र २०८२, १७ : २३

प्रतिक्रिया