काठमाडौं- नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल बिक्रीमा आएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइडले ‘एफजेडएस एफआई न्यू जेन’ मोडल सार्वजनिक गर्दै बिक्री सुरू गरेको हो। कम्पनीले उक्त मोडलको मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरेको जनाएको छ।
हालै सार्वजनिक गरिएको एफजेडएस हाइब्रिडमा जस्तै यस नयाँ मोडलमा स्मार्ट कनेक्ट, म्युजिक कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोलजस्ता आधुनिक फिचरहरू समावेश गरिएका छन्। तर, यसमा हाइब्रिड प्रविधि भने राखिएको छैन।

नयाँ जेनरेशनको एफजेडएस एफआईमा १४९ सीसीको सिंगल सिलिन्डर एफआई इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क उत्पादन गर्छ। यसमा ५-स्पीड गियरबक्स उपलब्ध छ।
सुरक्षाका लागि दुवै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ। साथै, अगाडि टेलिस्कोपिक र पछाडि मोनोशक सस्पेन्सन राखिएको छ। मोटरसाइकलमा १७ इन्चको अलोय ह्विल पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया