काठमाडौं- एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरको मनहरी-८ स्थित आमा घर सेवा आश्रमलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आरओ वाटर प्युरिफायर जडान गरेको छ।
परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई आश्रय दिइरहेको उक्त संस्थाका लागि बैंकका सर्कल हेड-नारायणगढका श्री रामकृष्ण काफ्लेले आश्रमका संरक्षक श्री विजय राज सिग्देललाई मिति २०८३ बैशाख २ गते एक कार्यक्रमका बीच उक्त प्युरिफायर हस्तान्तरण गरेका छन्। बैंकले उपलब्ध गराएको यस सहयोगले आश्रममा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानीको सुविधा पुग्ने, उनीहरूको स्वास्थ्यमा सुधार आउने र आश्रमको बसाइ थप सहज हुने विश्वास बैंकले लिएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता कल्याणकारी कार्यलाई निरन्तरता दिँदै आएको छ।
प्रतिक्रिया