काठमाडौँ- नेपाल इटाली उद्योग वाणिज्य संघ (NICCI) ले नव–निर्वाचित सांसद बसुमाया माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
संघका अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रम काठमाडौंस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हो ।
सांसद तामाङ NICCI की एक सम्मानित सदस्य समेत हुन् । व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उनले देखाएको समर्पण, नेतृत्व क्षमता र सक्रिय योगदानका कारण उनी परिचित रहँदै आएकी छन् ।
उनको निर्वाचनलाई सार्वजनिक सेवा तथा समावेशी विकासप्रति देखिएको निरन्तर प्रतिबद्धताको प्रतिबिम्बका रूपमा हेरिएको छ । कार्यक्रममा NICCI ले उनलाई हार्दिक बधाई व्यक्त गर्दै नयाँ जिम्मेवारीमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रम सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरेकोमा संघले वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी तथा कार्यकारी बोर्ड सदस्य सनिता सिंहप्रति विशेष आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया