काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेको हो ।
यस दिन तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ । आइतबार तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १९० कायम भएको छ । हिजो तोलाको पाँच हजार २२५ रुपैयाँ थियो ।
प्रतिक्रिया