अपडेट

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०९ बैशाख २०८३, ११ : ३५

काठमाडौं- स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ । 

हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ । 

मंगलबार पाँच हजार १६० रुपैयाँ थियो ।  

 
 
बुधबार, ०९ बैशाख २०८३, ११ : ३५

प्रतिक्रिया