काठमाडौं- जनकपुरधाम स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आवको ९ महिनामा ४ अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार सङ्कलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
हालसम्म आयकरवापत १ अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरवापत ३ करोड १८ लाख ९९ हजार, व्याजकरवापत ६ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धिकरवापत ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कवापत १ अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवाकरवापत ३ लाख १० हजार, शिक्षाकरवापत १ हजार तथा अन्य वापत २ करोड ५२ लाख ६६ हजार गरी कुल ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’ लाई कारबाही प्रक्रिया बढाएइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले ४ करोड ३० लाख दाखिला गरेका बताए । आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् ।
प्रतिक्रिया