डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जिएआइ २०२६ मा सहभागिता जनाउँदै

नेपालमा रिटेल तथा  HoReCa  क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

विहीबार, १० बैशाख २०८३, १२ : २२


काठमाडौँ- अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा HoReCa (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ । 

उक्त घोषणा यहि २२ देखि २५ अप्रिल २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित GAI Food & Beverage and Hospitality २०२६ को ११औँ संस्करणमा गरिएको हो, जहाँ ब्रान्डले डायमण्ड स्पोन्सरको रूपमा सहभागिता जनाएको छ ।

यो कदमलाई ब्रान्डले नेपालमा क्याच स्पाइसेसको विकासको अर्को चरणको रुपमा हेरेको छ । यसले वितरण सञ्जाल विस्तार गर्ने, बजारमा पहुँच बढाउने तथा रिटेल र फूड सर्भिस क्षेत्रका साझेदारहरूसँग थप मजबुत सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । मसला बजारमा विश्वसनीय नामको रूपमा आफ्नो स्थानलाई थप सुदृढ गर्दै क्याच स्पाइसेसले घरेलु उपभोक्ता र व्यवसायिक किचेन दुवैका आवश्यकतासँग आफूलाई समायोजन गरिरहेको छ । कार्यक्रममा क्याच स्पाइसेसले स्टल नं. B१२४, B१२५, B११९ र B१२० मा आफ्ना विभिन्न मसला उत्पादनहरू प्रदर्शन गर्दै गुणस्तर र इनोभेसन प्रस्तुत गरिरहेको छ ।

Image.

यस अवसरमा डीएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले भने, “नेपालमा रणनीतिक विस्तारले यहाँको प्याकेज्ड मसला उद्योगको रिटेल नेटवर्कमा हाम्रो उपस्थितिलाई थप गहिरो बनाउने लक्ष्य राखेको छ । यसबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा उल्लेखनीय बजार पहुँच हासिल गर्ने हाम्रो योजना छ । स्वाद, सुगन्ध र रङमा स्थायित्वको बढ्दो मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सहित क्याच स्पाइसेसले स्थानीय स्वादअनुसार तयार गरिएका विविध उत्पादनहरू उपलब्ध गराउँछ । यो विकास यात्रालाई केवल रिटेलमा सीमित नराखी, सन् २०२६– २७ आर्थिक वर्षको अन्त्यसम्म नेपालका प्रमुख फूड सर्भिस क्षेत्रमा समेत सशक्त उपस्थिति स्थापना गर्ने हाम्रो लक्ष्य छ । यसले देशभरका घरपरिवार र व्यवसायिक किचेनका लागि गुणस्तरको मानकको रूपमा हाम्रो पहिचानलाई अझ मजबुत बनाउनेछ ।”

क्याच स्पाइसेसको उपस्थितिको प्रमुख आकर्षणमध्ये अन्तर्राष्ट्रिय स्तरका प्रख्यात शेफ तथा नेपालका लागि ब्रान्ड एम्बेसडर सन्तोष शाहद्वारा २२ र २३ अप्रिलमा सञ्चालन गरिने विशेष लाइभ कुकिङ सेसनहरू रहेका छन्, जहाँ उनले क्याच स्पाइसेस प्रयोग गरी आफ्ना विशेष परिकारहरू प्रस्तुत गर्नुहुनेछ र आधुनिक HoReCa प्रयोगका लागि यसको बहुपयोगिता पनि देखाउनुहुनेछ ।

GAI २०२६ मा सहभागिता मार्फत क्याच स्पाइसेसले शेफ, वितरक तथा फूड सर्भिस साझेदारहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । साथै, नेपालमा आफ्नो रिटेल नेटवर्क विस्तार गर्दै HoReCa क्षेत्रमा बलियो उपस्थिति निर्माण गर्न पनि केन्द्रित छ । 

क्याच स्पाइसेसले नेपालभर पाककलाको अनुभवलाई उचाइमा पु¥याउने साझेदारको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। यो ब्रान्ड भाटभटेनी स्टोर्स जस्ता आधुनिक स्टोरहरू, खुद्रा पसलहरू, नेपाल सेनाका क्यान्टिन तथा दराजजस्ता इ–कमर्स प्लेटफर्ममार्फत पनि सर्वत्र उपलब्ध छ ।

डीएस ग्रुपको बारेमा

डीएस ग्रुप (धरमपाल सत्यपाल समूह) एक अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन हो, जसको भारत र अन्तर्राष्ट्रिय बजारमा सशक्त उपस्थिति रहेको छ । सन् १९२९ मा स्थापना भएको यस समूहले समृद्ध इतिहास र दूरदर्शी विकासलाई संयोजन गर्दै प्रेरणादायी व्यावसायिक यात्रा तय गरेको छ । 

यस समूह अन्तर्गत खाद्य तथा पेय पदार्थ, कन्फेक्शनरी, माउथ फ्रेशनर, हस्पिटालिटी, कृषि, लक्जरी, रिटेल लगायतका विभिन्न क्षेत्रमा यसको विस्तृत र विविध पोर्टफोलियो रहेको छ । क्याच, पल्स, पास पास, सिल्भर पल्र्स, क्षीर, रजनीगन्धा, ओभिनो, ल’ओपेरा, ले मार्चे, बर्थराइट, लभइट, चिङ्गल्स, गोलमोल, नमः लगायत ब्रान्डहरू रहेका छन् ।

संस्थागत रूपमा, डीएस ग्रुप समाजप्रति योगदान गर्ने र वातावरण संरक्षण गर्ने उद्देश्य सहितका स्पष्ट मूल्यहरूमा आधारित छ । यसको मुख्यालयले US Green Building Council (USGBC)अन्तर्गतको LEED (Leadership in Energy and Environmental Design) प्लाटिनम प्रमाणपत्र ((O&M प्रोग्राम भर्सन ४.०) प्राप्त गरेको छ ।

साथै, DS मुख्यालयले USGBC बाट LEED Zero Carbon  प्रमाणपत्र पनि प्राप्त गरेको छ । यो समूहले आफ्नो वित्तीय प्रदर्शनलाई विश्वव्यापी ESG प्राथमिकतासँग समन्वय गर्दै सबै व्यवसायहरूमा ‘डबल मटेरियालिटी एसेसमेन्ट’ सुरु गरेको छ । वातावरणीय नेतृत्वको थप उदाहरणका रुपमा, भारतका ३० स्थानमा रहेका आफ्ना बिजनेस युनिटहरूमा डीएस ग्रुपले १.८ को वाटर पोजिटिभिटी सूचकांक हासिल गरेको छ। थप जानकारीका लागि www.dsgroup.com मा जानुहोस् ।

 
विहीबार, १० बैशाख २०८३, १२ : २२

प्रतिक्रिया