काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ तोलामा दुई हजार सात सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो ।
प्रतिक्रिया