काठमाडौँ- मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ, जसले नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्वपुर्ण कदम चालेको छ । यो विस्तार मेटलाइफ नेपालको देशभरि, विशेषगरी दुर्गम समुदायसम्म, बीमा सेवा सहज रूपमा पु¥याउने प्रतिबद्धताको एक हिस्सा हो ।
जुम्लाका बासिन्दाले भोग्दै आएका विशेष चुनौतीहरू—जस्तै सीमित पुर्वाधार र वित्तीय सेवासम्मको दुरी—लाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यस पहलमार्फत स्थानीय परिवारलाई व्यवहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।
जुम्ला समुदायलाई थप सहयोग पु¥याउने उद्देश्यले मेटलाइफ नेपालले सुर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यस सहयोगले विद्यार्थीहरूलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकहरूलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपुर्ण योगदान पु¥याएको छ ।
साथै, मेटलाइफ नेपालले स्थानीय युवालाई लक्षित गरी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पु¥याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । बीमा सेवाको पहुँच विस्तारसँगै, हामी शिक्षामा सहयोग र युवा माझ बीमा सचेतना अभिवृद्धिमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रतिबद्ध छौं, जसले उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पु¥याउँछ।”
मेटलाइफको बारेमा:
MetLife Inc.(NYSE:MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो ।
सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य प७त्रगयतसर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि www.metlife.com हेर्न सक्नेछन् ।
प्रतिक्रिया