मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

सोमबार, १४ बैशाख २०८३, ०७ : २४

काठमाडौं- आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लागेको छ भने तराई भू(भागमा आंशिक बदली रहेको छ ।

 कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू(भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भू(भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

गएराति देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बदली रही तराई भू(भागमा आंशिक बदली रहेको थियो । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको थियो ।

सोमबार, १४ बैशाख २०८३, ०७ : २४

प्रतिक्रिया