अपडेट

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १८ बैशाख २०८३, ११ : ०७

काठमाडौँ - नेपाली बजारमा आज (शुक्रबार) सुन भाउ तीन हजार चार सय रूपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ । 

बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार प्रतितोला चार हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३५ रूपैयाँ बढेको हो ।

 
 
 
 
शुक्रबार, १८ बैशाख २०८३, ११ : ०७

प्रतिक्रिया