काठमाडौँ- नेपाली बजारमा आज (आईतबार) सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ ।
शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार १० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो ।
प्रतिक्रिया