ताजा समाचार

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानआकर्षणर्ष: व्यावसायिक प्रस्ताव देखि लगानी सम्म

मंगलबार, २२ बैशाख २०८३, १० : ५०

काठमाडौँ- प्रिमियर इन्टरनेसनल आई. बी. कन्टिनम स्कूलद्वारा आयोजित एक उद्यमशील प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तकहरू, उद्योग क्षेत्रका विद्वानहरू तथा अभिभावकहरूलाई एकै स्थानमा ल्याउँदै विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाहरूको प्रेरणादायी प्रस्ततिु दिएको थियो ।

विद्यालयको वार्षिकर्षि कार्यक्रम अन्तरगत आयोजना गरिएको यस कार्यक्रममा कक्षा ११ का NEB व्यवस्थापनका विद्यार्थीहरू र IBDP Year १ का विद्यार्थीहरूलाई स्थानीय नेपाली स्रोतहरूमा आधारित पूर्र्ण व्यावसायिक अवधारणाहरू निर्माण गरेका थिए । प्रत्येक समुहले आफ्नो व्यवसायिक योजना सम्मानित निर्णायक मण्डल समक्ष व्यावसायिक प्रस्ताव प्रस्तुत गर्ने शैलीमा (pitch–style) प्रस्तुति दिँदै सुझाव र सम्भावित लगानीको अपेक्षा गरेका थिए । यसले वास्तविक स्टार्टअप इकोसिस्टमको अनभवु दिलाउँदै कक्षाकोठा भन्दा बाहिरको व्यवहारिक सिकाइलाई प्रोत्साहन गरेको थियो ।

कार्यक्रमको निर्णायक मण्डलमा Birgit Lienhart  (संस्थापक, KAR–MA Coffee), विनी वज्राचार्य (संस्थापक, Abir) तथा जीतन्द्रे रञ्जीत (संस्थापक,Avani Advertising) जस्ता प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । उनिहरूको  अनभवु र सुझावहरूले विद्यार्थीहरूलाई दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणबारे व्यावहारिक दृष्टिकोण प्रदान गर्यो ।

FF2

कार्यक्रममा र्य जम्मा छ वटा नवप्रवर्तनशील र्त व्यवसायिक अवधारणाहरू प्रस्ततु गरिएका थिएः

· प्राकृतिक सामग्रीबाट बनेको मच्छर भगाउने मिस्ट
· फुरान्दाना आधारित स्वास्थ्यकर खाजा
· भेगन डेयरी विकल्प उत्पादन श्रृंखला
· परम्परागत ढाका कपडामा आधारित व्यवसाय
· नेपालका सातै प्रदेशका अचारलाई समेट्ने व्यवसाय
· दिगो काठजन्य उत्पादनमा आधारित व्यवसाय

यीमध्ये, ढाका कपडामा आधारित व्यवसाय ढाका फेसन परिधान (Dhakacouture) लाई “सर्वोत्कृष्ट व्यावसायिक प्रस्ताव प्रस्ततिु (Best Pitch Overall) को उपाधिसहित प्रमाणपत्र प्रदान गरिएको थियो, जसलेयसको उत्कृष्ट अवधारणा र कार्यान्वयनलाई मान्यता दिएको थियो । यससँगै, ढाका व्यवसाय र मच्छर भगाउनेमिस्ट दुवैले निर्णायकहरूको विशषे ध्यान आकर्षितर्षि गर्यो । 

ती अवधारणाहरूमा लगानी गर्ने वास्तविक चासो व्यक्त गरिएको थियो । भेगन डायरी विकल्पलेपनि KAR–MA Coffee का लागि सम्भावित आपर्तिू र्तिउत्पादनको रूपमा बलियो सम्भावना देखायो, जसलेयसको बजारयोग्यता प्रमाणित गर्यो । साथै, अचार व्यवसायलेआफ्नो प्रभावशाली मार्केटिङ रणनीतिका कारण हाम्रो निर्णायक जीतन्द्रे रञ्जीतलाई विशषे रूपमा प्रभावित पार्यो ।

प्रस्ततिु मा देखिएको सोचको स्तरबारेमा रन्जितले भनेः “कक्षा ११ मा हुँदैतपाईंहरू BA स्नातकजस्तै सोच्दैहुनहुुन्छ । हाइस्कूल सकिनेबित्तिकैम तपाईंहरूलाई रोजगारी अवसर दिन चाहन्छु ।”

यस पहलले अनुभवात्मक सिकाइको महत्वलाई उजागर गर्दै विद्यार्थीहरूलाई वास्तविक जीवनका चुनौतीहरूसँग प्रत्यक्ष रूपमा संलग्न गराएको थियो । व्यवसायिक मोडले विकास र उद्योग विशषज्ञ समक्ष प्रस्ततिु गर्ने प्रक्रियामार्फत कक्षा ११ र IBDP Year  १ का विद्यार्थीहरूले समालोचनात्मक सोच, सिर्जनशीलता तथा उद्यमशील आत्मविश्वासजस्ता भविष्यका लागि आवश्यक सीपहरू प्रदर्शन गरे ।

कार्यक्रमले युवा पुस्ताको  सिर्जनशीलता र उद्यमशील क्षमतालाई मात्र उजागर गरेन, स्थानीय स्रोतहरूको उपयोगमार्फत विश्वस्तरीय समाधान निर्माण गर्न सकिनेसन्देश पनि प्रवाह गर्यो । अभिभावक तथा उपस्थित दर्शकहरूले विद्यार्थीहरूको प्रस्ततिु शैली , व्यावसायिकता र लगनशीलता प्रत्यक्ष रूपमा अनभवु गर्ने अवसर पाए ।

यस्तो तत्परता विकास गर्नु नै विद्यालयका IB Continuum  ढाँचाको उद्देश्य हो । बजार अनुसन्धान देखि उत्पादन विकास र लगानी कर्तासमक्ष प्रस्ततिु सम्मका जीवन्त व्यावसायिक चुनौतीहरूमा विद्यार्थीहरूलाई संलग्न गराएर, प्रिमियर इन्टरनेसनलले सिकारुहरूलाई समालोचनात्मक सोच, सिर्जनशीलता र उद्यमशील आत्मविश्वास प्रदान गर्दछ । Futurepreneurs त्यही दर्शनको एक जीवन्त अभिव्यक्ति हो — जहाँकठोर शैक्षिक अध्ययन र वास्तविक जीवनको प्रयोग मिल्दछन्, र विद्यार्थीहरू उद्योगका दिग्गजहरू सँगै आत्मविश्वासका साथ उभिन सक्षम हुन्छन् । 

 
मंगलबार, २२ बैशाख २०८३, १० : ५०

प्रतिक्रिया