काठमाडौं- साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया