काठमाडौं- अधिकतम खुद्रा मूल्य(एमआरपी) सम्बन्धी विवादका कारण झण्डै एक साता अवरुद्ध भएको वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको छ ।
आयातकर्ताले भन्सारमै एमआरपी घोषणा गर्ने र गोदाममा सामान पुर्याएपछि एमआरपी टाँसेर मात्रै बजार पठाउने कबुलियत गरेपछि बुधबारदेखि जाँचपास प्रक्रिया सुरु गरिएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सारका अनुसार बुधबार मात्रै करिब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसअघि वैशाख १५ देखि २२ गतेसम्म आयातकर्ता जाँचपास प्रक्रियामा सहभागी नहुँदा भारतको रक्सौल क्षेत्रमा मालवाहक सवारीको लाम बढेको थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघले भने एमआरपी विवादको स्थायी समाधान अझै हुन बाँकी रहेको जनाएको छ ।
प्रतिक्रिया