सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, २५ बैशाख २०८३, ११ : ०५

काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउ प्रतितोला एक हजार तीन सय रूपैयाले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । 

बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार प्रतितोला पाँच हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २० रूपैयाँ बढेको हो ।

 
 
शुक्रबार, २५ बैशाख २०८३, ११ : ०५

प्रतिक्रिया