काठमाडौं- नेपाल रेल्वे कम्पनी लिमिटेडको कामु प्रबन्ध सञ्चालक तथा रेल विभागका महानिर्देशक हरि कुमार पोखरेल पुनः अख्तियारको राडारमा परेका छन्।
नेपाल रेल्वे कम्पनी लिमिटेडको नाममा भारतको बिहार राज्य स्थित रक्सौलमा रहेको २७.२८ एकड जग्गा मध्ये गोदाम घर भाडामा लगाउँदा आर्थिक चलखेल भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । नेपाल रेल्वेको नामको सो जग्गा मध्ये गोदाम घर मात्र भाडामा लगाउँदा पनि भारतीय नागरिकहरुबाट सो जग्गा अतिक्रमण भइरहेको हुँदा जग्गा व्यवस्थापन, नाप जाँच व्यावसायिक उपयोगिता सम्बन्धी अध्यन अनुसन्धान गरी प्रतिवेदन पेस गर्न एक कन्स्ट्रक्सन कम्पनी लाई नियुक्त गरिएको थियो ।
अध्ययन अनुसन्धान गरी कन्स्ट्रक्सन कम्पनीले गत असार २२ गते नै सो प्रतिवेदन नेपाल रेल्वे र रेल विभागमा बुझाई सकेको छ। विक्रम सम्बत १९८२ अर्थात १०१ वर्ष अगाडी चन्द्र शमशेर राणाले रेल सञ्चालन गर्न भनेर भारु ३१,७२२ मा खरिद गरेको सो जग्गा हाल पूर्ण रूपमा भारतीय नागरिकहरुबाट अतिक्रमित भई इतिहास मेटिने अवस्था आइसक्दा पनि व्यक्तिगत स्वार्थले गर्दा संरक्षण हुन सकेको छैन।
प्रतिवेदनले गोदाम घर मात्र भाडामा लगाउँदा रेल्वेको सम्पति सुरक्षित हुनु भन्दा झन् अतिक्रमित हुने कुरा उल्लेख गर्दा पनि महानिर्देशक पोखरेलको बलमिच्याइँले पुनः सोही कार्य दोहोरिएको छ। २०८२/०३/२२ गते रेल्वे कम्पनीले प्रतिवेदन सञ्चालक समितिमा पेश गर्नु भनी टिप्पणी गरेकोमा प्रतिवेदन फाल्गुनमा मात्र समितिमा पेश भएको थियो । सञ्चालक समिति सदस्य र स्वयं पोखरेलले ऐतिहासिक प्रतिवेदन भएको भन्दै बहुमत सदस्यले प्रतिवेदन अनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
एकातिर समितिमा प्रतिवेदन अनुसार अगाडि बढ्नुपर्ने तर्क राखेका पोखरेल अन्ततिर आफ्नो बलमिच्याइँ गरी गोदाम घर मात्र भाडामा लगाएका छन्। चुनाव हुनु २ दिन अगाडिको अन्तिम म्याद राखी सूचना प्रकाशन गर्नु, न्यूनतम मूल्यांकन भन्दा एक हजार बढीमा एक जनाको मात्र बोलपत्र पर्नु शंकास्पद देखिन्छ भने गोप्य सूत्रबाट प्राप्त जानकारी अनुसार ५ लाख लेनदेन गरी यो कार्य भएको हो । नेपाल रेल्वेकै कर्मचारी अनुसार बोलपत्र पेस भइसके पछि पुरानो मितिमा न्यूनतम मूल्यांकन गरी पत्र बनाइएको थियो।
हरि कुमार पोखरेल यस अघि पनि फौजदारी कसुरमा २ वर्ष जेल बसी अदालतको निर्णय अनुसार पुन नियुक्त भएका हुन् ।
प्रतिक्रिया