काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको हो ।
आज सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । शुक्रबार सोही परिणामको सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया