काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई सिएस्आर पहलमार्फत सहयोग

शुक्रबार, ०१ जेठ २०८३, १४ : २२

काठमाडौं- सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग तथा भोजन वितरण गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा सम्पन्न भएको थियो । कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले संस्थालाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुका साथै २०० बालबालिकाका लागि भोजनको व्यवस्था गरेका थिए । कार्यक्रममा होटलका प्रतिनिधि तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो । यस पहलले समाजबाट प्रायः ओझेलमा पर्ने समुदायप्रति आत्मीयता र ऐक्यबद्धताको भावना झल्काएको थियो ।

‘प्रिजनर्स असिस्टेन्स नेपाल’ मुख्यतः कारागारमा रहेका अभिभावकका बालबालिकाको पूर्ण हेरचाहमा समर्पित संस्था हो । संस्थाले ती बालबालिकालाई आवश्यक सहयोग, माया र अवसर प्रदान गर्न निरन्तर काम गर्दै आएको छ । 

MAR-CSR-97

साथै, यो संस्था कारागारलाई बन्दीहरूले भविष्य निर्माण गर्न सक्ने सकारात्मक स्थानका रूपमा विकास गर्ने दिशामा पनि सक्रिय छ । यस्ता सहयोगहरूले बालबालिका र उनीहरूको परिवारमा सम्मान र आशाको भावना पुनस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । नगद सहयोगले संस्थाको सञ्चालन आवश्यकतामा सहयोग पुग्नेछ भने भोजन कार्यक्रमबाट संस्थामा आश्रित २०० बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् ।

यस अवसरमा काठमाडौं मेरियट होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले भने, “कुनै पनि बालबालिकाले आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण पीडा भोग्न नपरोस् । यी बालबालिकाले जीवनमा धेरै कठिनाइ भोगिसकेका छन्, र उनीहरूलाई सम्मान, हेरचाह तथा राम्रो भविष्यको आशासहित हुर्कने वातावरण सुनिश्चित गर्नु हामी सबैको जिम्मेवारी हो ।”

साँचो हस्पिटालिटी होटलको सीमाभित्र मात्र सीमित हुँदैन भन्नेमा काठमाडौं मेरियट होटल विश्वस्त छ । यसले शहरलाई जीवन्त बनाउने मानिस र समुदायप्रति जिम्मेवारी र संवेदनशीलता पनि समेटेको छ । यो ऋक्च् पहल सोही दविश्वास र समाजका सबैभन्दा संवेदनशील वर्गको जीवनमा सकारात्मक तथा दीर्घकालीन परिवर्तन ल्याउने होटलको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।

काठमाडौं मेरियट होटलको बारेमाः
काठमाडौँ मेरियट होटल नेपालको अग्रणी लक्जरी हस्पिटालिटी गन्तव्य हो, जुन राजधानीको केन्द्रमा अवस्थित छ । मेरियट इन्टरनेसनलको विश्वव्यापी सञ्जाल अन्तर्गत रहेको यस होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा र नेपालको संस्कृति, समुदाय तथा नागरिकप्रतिको प्रतिबद्धतालाई एकसाथ अघि बढाउँदै आएको छ। सन् २०१९ देखि सञ्चालनमा आएको यो होटल स्वदेशी तथा विदेशी पर्यटक, व्यवसायिक पाहुना र स्थानीय साझेदारहरूको विश्वासिलो गन्तव्य बनेको छ ।
 

 
शुक्रबार, ०१ जेठ २०८३, १४ : २२

प्रतिक्रिया