अपडेट

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार  ?

मंगलबार, ०५ जेठ २०८३, ११ : २७

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ । 

सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो ।

 
 
 
मंगलबार, ०५ जेठ २०८३, ११ : २७

प्रतिक्रिया