काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला तिन हजार ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तिन सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधलबार चाँदीको मूल्य पनि घटेको रकेको छ ।
मंगलबार प्रतितोला पाँच हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो ।
प्रतिक्रिया