काठमाडौं- एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमुसमुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ , तमु धिं नेपालका संस्थपक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुब ज्यू तथा एनएमबि बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यू लगायतले संयुक्त रुपमा वितरण गरेका छन् ।
कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यूले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया