काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार)सुनको भाउ प्रतितोला एक सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।
बिहीबार प्रतितोला पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय १५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो ।
प्रतिक्रिया