के तपाँई लाई ग्यास्ट्रिकले सताईरहेको छ ? ध्यान दिनुहोस यी कुरा

४ बर्ष अगाडि

एजेन्सी – आज भोली अधिकांश मानिस ग्यास्ट्रिकबाट पिडित छन् । स–साना केटाकेटी देखी लिएर ठुला सम्म लाई युसले सताईरहेको हुन्छ ।
ग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने कुरा यस्ता रहेका छन् :

कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।

कार्बोहाइड्रेट कम खाने स् पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य  दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।

प्रशस्त पानी पिउने स् लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।

लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया