काठमाडौं- लगातार घटिरहेको सुनको मूल्य बिहीबार एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। बुधबार यही सुन २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
केही समयअघि सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार रुपैयाँसम्म पुगेको थियो। अहिले भने निरन्तर घट्दै २ लाख ८५ हजार रुपैयाँमा झरेको हो।
चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा २१५ रुपैयाँ कम हो।
प्रतिक्रिया