अपडेट

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, २२ जेठ २०८३, ११ : ०९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (जेठ २२) छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

 
 
शुक्रबार, २२ जेठ २०८३, ११ : ०९

प्रतिक्रिया