नाडा ग्रीन ड्राइभ २०२६ र्याली सम्पन्न

शुक्रबार, २२ जेठ २०८३, १७ : ३९

काठमाडौं- विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ ।

AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI,TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH र Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्य७३घढसतिय सबारी साधनहरुको सहभागितामा ¥याली सम्पन्न भएको थियो । नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली, कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा सो र्यालिको समापन गरिएको थियो ।

उक्त र्यालीमा सहभागी कुल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

सो प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्यालीको सम्पुर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका हुन् । 

“नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने नाडाका सम्पुर्ण सदस्यहरुप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।
 

 
शुक्रबार, २२ जेठ २०८३, १७ : ३९

प्रतिक्रिया