काठमाडौं- सीजी मोटोकप प्रा. लि., नेपालमा क्गशगपष् अटोमोबाइल्सको अधिकृत वितरकले सुजुकी समर सर्भिस क्याम्प७त्रगयत;को घोषणा गर्न पाउँदा अत्यन्त हर्षित छ । यो राष्ट्रव्यापी सेवा अभियान जुन ७ देखि ९, २०२६ (जेठ २४–२६, २०८३) सम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ ।
नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा, जुन बेला भारी वर्षा र फिसलो सडकहरूका कारण सवारी साधनको प्रदर्शन तथा सुरक्षामा प्रतिकूल असर पर्न सक्छ, सीजी मोटोकर्प प्रत्येक सुजुकी मालिकले यो मौसम निडर र पूर्ण सुरक्षाका साथ यात्रा गर्न सकून् भन्ने उद्देश्यले यो अभियान ल्याएको छ । तीन दिने यस क्याम्पमा व्यापक सवारी मर्मत–सम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू प्रदान गरिनेछन् ।
विशेष अफर तथा छुट विवरण
क्याम्पका दौरान आफ्नो सवारी साधन ल्याउने ग्राहकहरूले निम्न सुविधाहरूको लाभ उठाउन पाउनेछन्ः
1.स्पेयर पार्टस (Spare Parts) १०% विशेष छुट
2.लुब्रिकेन्ट (Lubricants) १०% विशेष छुट
3.लेबर चार्ज (Labour Charges) २०% छुट
4.सुजुकी डाइग्नोस्टिक टूल (SDT) जाँच निःशुल्क
5.सामान्य सवारी निरीक्षण निःशुल्क
6.हिटर तथा एयर कन्डिसनिङ जाँच निःशुल्क
7.ब्याट्री परीक्षण निःशुल्क
8.बम्पर लकीड्रः लक्जरी स्टेकेसन जित्ने मौका
सेवा सुविधाका अतिरिक्त, यस क्याम्पमा एक रोमाञ्चक लकी ड्रको आयोजना गरिनेछ। क्याम्पका दौरान आफ्नो गाडी सर्भिस गर्ने ग्राहकहरूमध्येबाट छनोट भएका दश भाग्यशाली विजेताले प्रत्येकले नगरकोटको भंगेरी दरबार रिसोर्टमा एक्सक्लुसिभ स्टेकेसन प्याकेज जित्ने मौका पाउनेछन्, काठमाडौं उपत्यकाको मनोरम पहाडी परिवेशमा मनलाई ताजगी दिने एक अद्वितीय अनुभव। क्याम्पमा सर्भिस गराउने सबै ग्राहकहरू स्वतः यस लकी ड्रमा सहभागी हुनेछन् ।
सीजी मोटोकर्पले नेपालभरका सबै सुजुकी गाडी मालिकहरूलाई जुन ७ देखि ९, २०२६ सम्म आफ्नो नजिकको अधिकृत सुजुकी सर्भिस सेन्टरमा आई यी विशेष अफरहरूको भरपूर फाइदा उठाउन र आगामी मनसुन सिजनका लागि आफ्नो सवारी साधन उत्कृष्ट अवस्थामा राख्न हार्दिक आमन्त्रण गर्दछ ।
प्रतिक्रिया