नेपाल सुनचाँदी कला व्यवसायी संघ

नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा बालकुमार विश्वकर्मा (सुमन) विजयी

आइतबार, २४ जेठ २०८३, १० : ४४

काठमाडौं-  नेपाल सुनचाँदी कला व्यवसायी संघको दशौं अधिवेशन तथा २४औं साधारण सभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अधिवेशन तथा साधारणसभाले बालकुमार विश्वकर्मा (सुमन)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा विश्वकर्माले १६४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णुभक्त बराइलीले १०६ मत प्राप्त गरेका थिए । त्यसैगरी द्वितीय उपाध्यक्षमा आकाश रिजालले १७५ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी केदारनाथ सुनार ले ९२ मत प्राप्त गरे । 

महासचिवमा प्रेमबहादुर विश्वकर्मा १३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सूर्यकुमार बरालले १३४ मत प्राप्त गरेका थिए । महासचिव पदमा दुबै जनाबीच तीव्र प्रतिस्पर्धा भएको थियो ।

निर्वाचन परिणामअनुसार अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) नेतृत्वको प्यानलले तीन प्रमुख पदमा प्रतिस्पर्धा गर्दै विजय हासिल गरेको हो । बाँकी अन्य पदमा भने सर्वसम्मत चयन गरिएको थियो । 

718659606_1575573310669804_5037669275966323825_n

निर्वाचन परिणामपछि नवनिर्वाचित अध्यक्ष विश्वकर्माले सम्पूर्ण मतदाता, व्यवसायी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संघको गरिमा बढाउने, व्यवसायीहरूको अधिकार सुनिश्चित गर्ने तथा व्यवसायलाई आधुनिक र व्यवस्थित बनाउन प्रतिबद्धताका साथ काम गर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपालले सुनचाँदी कला व्यवसाय नेपालको अर्थतन्त्र र रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएको उल्लेख गर्दै व्यवसायीहरूको समस्या समाधान तथा सीपमूलक पेशाको सम्मानका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित नेतृत्वलाई व्यवसायी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनिर्वाचित पदाधिकारीहरूले आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ । 

 
 
 
 
 
आइतबार, २४ जेठ २०८३, १० : ४४

प्रतिक्रिया