काडमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला नौ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला तीन लाख आठ सय रूपैयाँमामा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ ।
आइतबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
प्रतिक्रिया