सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २६ जेठ २०८३, ११ : ०७

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला दुई हजार रूपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । 

सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला चार हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
 

 
मंगलबार, २६ जेठ २०८३, ११ : ०७

प्रतिक्रिया