काठमाडौं नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला १० हजार एक सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार प्रतितोला चार हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो ।
प्रतिक्रिया