काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल विदेश पलायनको तयारीमा रहेको दाबी गरिएकाे छ ।
स्रोतका अनुसार, प्रचण्डका घरबेटी शारदा अधिकारीले गंगा दाहाल प्रहरीको खोजीमा परेपछि विदेशतर्फ जान आफूहरूले सल्लाह दिएको र त्यसै अनुसार आफूहरूले सहजीकरण गरेको ललितपुरको हिमालयन होटेलमा केही व्यापारीसँगको जमघटमा खुलाएका हुन् ।
प्रचण्ड निकट स्रोतकाअनुसार, अधिकारीले गंगा दाहाललाई पक्राउ गर्न सकिने अवस्था देखिएकाले केही प्रहरी अधिकारीहरूले नै उनलाई ‘यो आँधीबाट बच्न सक्नुहुन्छ भने विदेश जानुहोस्’ भन्ने प्रकारको सल्लाह दिएको दाबी गरेका छन् । गंगा दाहालमाथि अकुत सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत पुष्टि गर्न नसकेको आरोप छ ।
शारदा अधिकारीले गंगा दाहालसँगै नारायणविक्रम प्रधान पक्षकी छोरी स्मिता तथा उनका श्रीमान जीवन आचार्यको समेत चीनको भिसा तयार गरिदिएको स्रोतको दाबी छ । चीन पुगेपछि त्यहाँबाट अन्य मुलुकतर्फ जाने योजना बनाइएको बुझिएको छ । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको विदेश बसाइँको प्रसंग उल्लेख गर्दै हङकङ र सिंगापुरसम्म पुग्दा विदेशमा बसेर मुभ गर्न सजिलो हुने केही दिन अघिको हिमालयन होटेलमा केही व्यपारीसँगको बसाइँमा तर्क गरेका थिए ।
अधिकारीले पछिल्ला दिनहरूमा विदेश जाने योजनामा लागेको र प्रहरीले नै ‘साइड’ लाग्न भनेकाले गंगा दाहाल सार्वजनिक रूपमा नदेखिएको र ‘लाखापाखा लागेको’ जिकिर समेत उक्त बसाइँमा गरेका थिए ।
प्रतिक्रिया