काठमाडौं- दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक जना व्यक्तिको अस्पतालमा मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा कम्तिमा दुई जना लेसोथो नागरिक भएको प्रहरीले सोमबार घोषणा गरेको छ । गत शनिबार राति जोहानेसबर्गको पश्चिम क्षेत्रमा भएको गोली हानाहानबाट सुरु भएको अपराधीक गतिविधिको हिस्सा थियो भने आइतबार केप सहरमा भएको अर्को सामूहिक गोली हानाहानमा १० जनाको मृत्यु भएको थियो । मध्य जोहानेसबर्गबाट करिब ८० किलोमिटर टाढा रहेको अर्ध–ग्रामीण क्षेत्रको बारमा आक्रमणकारीले आठ जना सशस्त्र बन्दुकधारीले राइफलले आक्रमण गरी १३ जना पुरुष र चार महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये चार जनाको मात्र पहिचान भएको छ भने तीनीहरुमध्ये दुई दक्षिण अफ्रिकी र दुई लेसोथो नागरिक रहेका छन् । आक्रमणको उद्देश्य स्पष्ट भई नसेकको तर यो क्षेत्र सुनका लागि अवैध खननमा संलग्न गिरोहबीचको प्रतिद्धवन्द्धी समुहले घेरिएको बताइएको छ । हजारौँ खानी मजदुर दक्षिण अफ्रिकाका खानीमा काम गर्छन्, भने तीनीमध्ये धेरैजना दक्षिण अफ्रिकाबाट आएका छन्, जसमा लेसोथोको राज्य पनि समावेश छ जुन दक्षिण अफ्रिकाभित्र अन्तर्निहित छ ।
यो क्षेत्र सङ्गठित अपराध, हत्या र अन्य अवैध गतिविधिसँग जोडिएको जनाइएको छ । सप्ताहन्तमा भएको छुट्टै गोली हानाहानमा, बन्दुकधारीले आइतबार बिहान केप सहरको बस्तीको मनोरञ्जन स्थलमा १० जनाको हत्या गरी ११ जनालाई घाइते बनाएको जनाइएको छ । दक्षिण अफ्रिकामा कानुनी तथा गैरकानुनी बन्दुक धेरै भएकाले गोली हानाहानलगायतका घटना धेरै हुने गरेको पाइन्छ बन्दुकधारी गिरोह प्रतिद्वन्वद्धी मानसिकता जबरजस्ती असूली र अनौपचारिक व्यवसाय बीचको प्रतिस्पर्धाले उत्प्रेरित रहेको जनाइएको छ ।
लगभग ६२ लाख मानिसको बसोबास रहेको देशमा विश्वको सबैभन्दा बढी हत्याका दरहरू रहेको जनाइएको छ भने यहाँ प्रत्येक दिन लगभग ६० जना मानिस मारिन्छन् । रासस
प्रतिक्रिया