नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रा.लि. बिच सम्झौता

शुक्रबार, २९ जेठ २०८३, १७ : ५०

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटि प्रा.लि. अन्तर्गत देशभर रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटि प्रा.लि. अन्तर्गत सातै प्रदेशमा रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुलेले प्रदान गर्ने विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । 

सम्झौता पत्रमा मिति २०८३ साल जेठ २८ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटि प्रा.लि. को तर्फबाट व्यवसाय प्रबन्ध निर्देशक दुर्गा दत्त पन्तले हस्ताक्षर गरेका हुन् ।

नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

शुक्रबार, २९ जेठ २०८३, १७ : ५०

प्रतिक्रिया