अपडेट

सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतबार, ३१ जेठ २०८३, ११ : २९

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको परिवर्तनको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ ।

आइतबार, ३१ जेठ २०८३, ११ : २९

प्रतिक्रिया