महासंघद्वारा नवनिर्वाचित पदाधिकारीहरू सम्मानित

आइतबार, ३१ जेठ २०८३, १६ : ३३

काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सम्मान गरेको छ ।

महासंघले आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट तर्फको कार्यसमिति सदस्य पदमा निर्वाचित महासंघका विज्ञ परिषद् सदस्य कृष्णलाल महर्जन र शक्ति कुमार वेगानी तथा कोषाध्यक्ष पदमा निर्वाचित आबद्ध सदस्य संस्थाका पूर्व अध्यक्ष मनीषलाल प्रधानलाई सम्मानसहित बधाई ज्ञापन गरेको हो ।

सोही अवसरमा महासंघका आबद्ध सदस्य संस्था नेपाल सुनचाँदी कला व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बालकुमार विश्वकर्मा तथा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका नवनिर्वाचित अध्यक्ष खेम तिरुवालाई समेत बधाई ज्ञापन गर्दै सफल तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

724300190_1462395162582303_6148200995745743858_n

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष किसान सुनारले नेपाल उद्योग वाणिज्य महासंघमा सुनचाँदी तथा आभूषण क्षेत्रको प्रतिनिधित्व अझ सशक्त बनेको बताएका छन् । उनले नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व र अनुभवले निजी क्षेत्रका आवाजलाई प्रभावकारी रूपमा उठाउन तथा व्यवसायीहरूको हकहितका विषयमा सकारात्मक परिणाम हासिल गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । 

अध्यक्ष सुनारले सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रले पछिल्लो समय विभिन्न चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौती समाधानका लागि महासंघ, आबद्ध संस्थाहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूबिच अझ सशक्त सहकार्य आवश्यक रहेको बताए  । सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यस क्षेत्रको विकास, व्यवसाय प्रवर्द्धन तथा व्यवसायीहरूको हित संरक्षणमा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा अध्यक्ष सुनारले जोड दिए । 

723137637_1462395139248972_5133503570426126146_n

त्यस्तै, कार्यक्रममा बोल्दै नवनिर्वाचित पदाधिकारीहरूले निजी क्षेत्रको हित, उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले व्यवसायीका साझा समस्या समाधान, सरकारसँग प्रभावकारी समन्वय तथा क्षेत्रको दीर्घकालीन विकासका लागि निरन्तर पहल गर्ने विश्वास व्यक्त गरेका छन् । महासंघका पदाधिकारीहरूले नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको आवाजलाई थप प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

आइतबार, ३१ जेठ २०८३, १६ : ३३

प्रतिक्रिया