सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो,  आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०१ असार २०८३, ११ : ११

काठमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला पाँच हजार रूपैयाँ बढेको  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ । 

आइतबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार १५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २० रूपैयाँ बढेको हो ।
 

सोमबार, ०१ असार २०८३, ११ : ११

प्रतिक्रिया