धितोपत्र बजार केन्द्रित एकदिने एएमएल/सिएफटी तालिम सम्पन्न

सोमबार, ०१ असार २०८३, १२ : ४७

काठमाडौं- नेपालमा Anti–Money Laundering -AML तथा Countering the Financing of Terrorism -CFT सम्बन्धी परामर्श सेवामा विशेषीकृत एकमात्र संस्था AML Nepal ले Kumari Capital Limited का कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने AML/CFT  तालिम कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ ।

उक्त तालिम कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा AML/CFT सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको थियो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय AML/CFT अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपाल-SEBON का AML निर्देशनअनुसार बजार मध्यस्थकर्ताहरूको भुमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षा लगायतका विषयमा विस्तृत प्रस्तुति गरिएको थियो ।

तालिमको सहजीकरण विज्ञद्वय श्रीधर अधिकारी तथा लेखनाथ पोख्रेलले गरेका थिए । कार्यक्रममा कुमारी क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौतीहरू तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए ।

कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पुँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी AML/CFT अनुपालन अपरिहार्य रहेको उल्लेख गर्दै यसले वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्व र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

AML Nepal नेपालमा AML/CFT सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्ने अग्रणी विशेषीकृत संस्था हो । संस्थाले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य Reporting Entities लाई समग्र AML/CFT समाधान उपलब्ध गराउँदै आएको छ ।
 

सोमबार, ०१ असार २०८३, १२ : ४७

प्रतिक्रिया