सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

सोमबार, ०१ असार २०८३, १३ : ३६

काठमाडौं- सस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय ,इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरुलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरु सहयोग गरेको छ ।

बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही– दाङ, जिल्ला प्रहरी कार्यालय— धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय—काँकरभिटृा, झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरु हस्तान्तरण गरेको छ । 

साथै , ट्राफि जिल्ला प्रहरी कार्यालय— बर्दिया, गुलरियालाई रोड डिभाइडर, सचेतामुलक बोर्ड सहयोग गरेको छ । 

Photo 2 (2)

उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गएिको छ ।

स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ । 

बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।
 

सोमबार, ०१ असार २०८३, १३ : ३६

प्रतिक्रिया