सुनचाँदी

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०२ असार २०८३, ११ : ०१

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ प्रतितोला तीन सय रूपैयाँ बढेकोे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । 

सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

सोमबार प्रतितोला पाँच हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।
 

मंगलबार, ०२ असार २०८३, ११ : ०१

प्रतिक्रिया