काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा लेखामान बोर्डका नवनियुक्त अध्यक्ष वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट श्री रमेश कुमार धिताललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
बधाई ज्ञापन गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको अर्थतन्त्र र वित्तीय प्रणालीमा पारदर्शिता एवं सुशासन कायम गर्न एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डको भूमिका अहम् रहने उल्लेख गरे ।
उनले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (क्ष्ँच्क्) सँग सामञ्जस्यता कायम गर्दै नेपालको आफ्नै वित्तीय मापदण्डहरूलाई परिमार्जन र कार्यान्वयन गर्न बोर्डले नयाँ नेतृत्वमा अझ प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
नवनियुक्त अध्यक्ष धितालले अर्थमन्त्रीको बधाईप्रति आभार प्रकट गर्दै जिम्मेवारी कुशलता पुर्व निर्वाह गर्ने बताए । नेपालका साना तथा मझौला उद्योग (क्ःभ्क) देखि कर्पोरेट क्षेत्रसम्मको वित्तीय पारदर्शितालाई सुदृढ बनाउन आफू लागिपर्ने धितालले बताएका छन् ।
प्रतिक्रिया